दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मंगलबार दिउसो करिब ०३:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १३ बाट आफ्नै बच्चाको हत्या गर्ने एक महिलालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त घटना २०८० साल साउन २७ गते बिहान करिब ०९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची मारी फरार भई हाल भारतको पूर्वी चम्पारण जिल्ला थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेकी थिइन् ।

घटना पश्चात पर्सा जिल्ला अदालत बाट मिति २०८० साल कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी ( कर्तव्य ज्यान ) मुद्दामा पक्राउ पुर्जी जारी भई प्रतिवादी आरती कुमारी विरगंजमा घुमफिर गरिरहेको भनि बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार दिउसो करिब ०३:०० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १३ मा फेला पारी कानूनी रितपुर्‍याई पर्सा जिल्ला अदालत बाट जारी भएको पक्राउ पुर्जी दिई पक्राउ गरी आवश्यक कारबाहीको लागि यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।