आम निर्वाचन अपडेट: यी मतदान केन्द्रमा अवरोध, हवाई फायर र बहिष्कार

काठमाडौँ । जारी मतदानका क्रममा देशका विभिन्न जिल्लामा छिटफुट घटनाहरू भएका छन् । दोलखा, सिन्धुपाल्चोक, दाङ र सर्लाहीका केही मतदान केन्द्रहरूमा विवाद, प्रदर्शन र केही बेर मतदानअवरुद्ध भएको जानकारी प्राप्त भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

बझाङको तालकोट गाउँपालिका वडा नम्बर ४ लुकड मतदान केन्द्रमा भौतिक पूर्वाधार लगायतका विकासका कार्यहरू नभएको भन्दै विगतदेखि नै रहँदै आएको असन्तुष्टिले सहमति हुन नसकेपछि स्थानीय मतदाताहरूले निर्वाचन बहिष्कार गरेका छन् । बहिष्कारका बाबजुद पनि हालसम्म उक्त मतदान केन्द्रमा ३ पुरुष र १ महिला गरी जम्मा ४ जनाले मात्र मतदान गरेको जानकारी प्राप्त भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित एक मतदान केन्द्रमा अपांगता भएका एक व्यक्तिको भोट उनको इच्छा विपरीत मतदान अधिकृतले हालेको आरोप लागेको छ । यस विषयमा विवाद हुँदा केही समय मतदान रोकिए पनि अहिले भने मतदान सुचारु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ ।

दाङको बबई गाउँपालिकामा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । गाउँपालिका-७ स्थित देउती मावि र वडा नं. १ स्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा साढे १० बजेसम्म कुनै पनि मतदाता नआएको मतदान अधिकृतले बताएका छन् । यी दुई केन्द्रका ६८२ मतदाता मध्ये कसैले पनि मत खसाल्न नआएको जनाइएको छ ।

सर्लाहीको बलरा नगरपालिकामा केहीबेर अवरुद्ध भएको मतदान पुन: सुरु भएको छ । वडा नम्बर १ मा केही युवाले तनाव सिर्जना गर्न खोज्दा मतदान केहीबेर रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थल पुगेपछि मतदान सुचारु भएको थियो ।

यसैगरी, बलरा-४ स्थित श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा पनि दुई पक्षका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह घटनास्थल पुगेपछि विवाद भएको प्रतिपक्षी दलले आरोप लगाएको थियो । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको टोलीले विवाद मिलाएपछि उक्त केन्द्रमा पनि मतदान सुचारु भएको छ ।

त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलमा अहिलेसम्म स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

हालसम्म मतदानका लागि कोहि मतदाता नआएको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित शहिद स्मृति विद्यालय, सातसल्ले मतदान केन्द्रकी मतदान अधिकृत परवासी राईले जानकारी दिएकी छन् । उनले आफुहरु मतदानका लागि तयारी आस्थामा रहेपनि अहिलेसम्म मतदान गर्न कोहि नआएको उनले बताएकी छन् । यस केन्द्रमा कुल मतदाता महिला ३२९ र पुरुष ३७२ गरेर ७०१ मतदाता रहेका छन् । 

हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेला गरेर नै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन् । मतदान प्रक्रियामा दलका प्रतिनिधिहरू पनि अनुपस्थित रहेका छन् ।  

  • Related Posts

    प्रमुख २० समाचार

    १- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा…

    पहिलो

    प्रमुख २० समाचार

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    • May 2, 2026
    • 22 views
    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    • May 2, 2026
    • 20 views
    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    • May 2, 2026
    • 10 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    • May 2, 2026
    • 22 views
    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 8 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की