इन्डोनेसियामा भेटियो विश्वकै सबैभन्दा लामो सर्प

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको विशाल पोथी जालीदार अजिंगरले वन्यजीव संसारमा नयाँ इतिहास रचेको छ ।

‘इबु बैरोन’ नाम दिइएको यस सर्पलाई गिनिज वर्ल्ड रेकर्डसले आधिकारिक रूपमा अहिलेसम्म मापन गरिएको संसारकै सबैभन्दा लामो जंगली सर्प घोषणा गरेको छ ।

यसको लम्बाइ २३ फिट ८ इन्च र तौल करिब २१३ पाउन्ड अर्थात् ९६.६ किलो रहेको छ । लामो समयदेखि बालीमा बस्दै आएका प्रकृति छायाचित्रकार राडू फ्रेंटियुले यसको खोज गरेका हुन् । उनले जीवनमा यति ठूलो सर्प पहिले कहिल्यै नदेखेको बताएका छन् ।

वन विनाश र शिकारको कमीका कारण इन्डोनेसियामा ठूला सर्प मानव बस्ती नजिक देखिन थालेका छन् । जालीदार अजिंगर विषालु नभए पनि अत्यन्त शक्तिशाली हुने भएकाले पशु चौपायामा आक्रमण गर्न सक्छ र दुर्लभ अवस्थामा मानिसमाथि पनि हमला गरेका घटनाहरू छन् ।

समाचार सार्वजनिक भएपछि संरक्षणकर्मी बुडी पुरवान्टोले सर्पलाई बेचिन वा मारिनबाट जोगाउँदै अस्थायी आश्रय बनाएका छन् । हाल यो अन्य उद्धार गरिएका सर्पहरूसँग सुरक्षित रूपमा राखिएको छ, किनकि जंगलमा फर्काउँदा पर्याप्त आहार नपाइने जोखिम रहेको बताइएको छ ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 12 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views