इरान युद्धले दुबईको पर्यटन उद्योग संकटमा

पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वकै प्रमुख पर्यटन गन्तव्य दुबईमा गम्भीर रूपमा देखिएको छ । एक समय पर्यटकको भीडले भरिने यो सहर अहिले खाली होटल, सुनसान रेस्टुरा र प्रभावित हवाई सेवा कारण संकटमा परेको छ ।

सन् २०२५ मा करिब १ करोड ९५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएको दुबईमा अहिले पर्यटन आम्दानी ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म घटेको व्यवसायीहरूले बताएका छन् । होटलको कोठा भाडा दर पनि धेरै ठाउँमा १५-२० प्रतिशतमा सीमित भएको छ। पहिले सधैं भरिभराउ हुने रेस्टुराँहरू अहिले प्रायः खाली देखिन थालेका छन् ।

होटल तथा रेस्टुराँ क्षेत्रमा काम गर्ने व्यवसायीका अनुसार अवस्था झन् बिग्रँदै गएको छ। एक ठूलो आतिथ्य समूहले आफ्नो आम्दानी आधाभन्दा बढी घटेको जनाएको छ भने पर्यटकमा निर्भर सेवा केन्द्रहरूमा ७०-८० प्रतिशतसम्म गिरावट आएको छ । यसका कारण धेरै संस्थाले आधाभन्दा बढी कर्मचारीलाई बिना तलब बिदामा पठाउनुपरेको अवस्था छ ।

युद्ध सुरु भएको पहिलो महिनामै संयुक्त अरब इमिरेट्समा २ लाख २६ हजारभन्दा बढी छोटो अवधिका बुकिङ रद्द भएका छन् । पछिल्ला वर्षमा तीव्र रूपमा बढेको होटल र अपार्टमेन्ट आपूर्ति अहिले माग घटेपछि ठूलो दबाबमा परेको छ ।

यस संकटको सबैभन्दा ठूलो असर आप्रवासी कामदारहरूमा परेको छ । धेरैले रोजगारी गुमाएका छन् भने कतिपयलाई बिना तलब बिदा दिइएको छ । एक दक्षिण एसियाली कामदारका अनुसार अवस्था कोरोना महामारीजस्तै देखिएको छ र फेरि काम गुमाएर घर फर्किनुपर्ने डर बढेको छ । धेरै कामदार पहिलेदेखि नै ऋणमा रहेकोले समस्या अझ गहिरिएको छ ।

यदि युद्ध लम्बियो भने यसले मध्यपूर्वको पर्यटन क्षेत्रमा अझ ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको छ । अध्ययनअनुसार २ करोड ३० लाखदेखि ३ करोड ८० लाखसम्म कम पर्यटक आउन सक्नेछन्, जसले अर्बौं डलर बराबरको आम्दानी गुम्न सक्छ । युद्ध छिट्टै अन्त्य भए पुनः सुधार सम्भव भए पनि लामो समय चल्दा गर्मीयामको पर्यटन नै प्रभावित हुने चिन्ता बढेको छ ।

 युद्धका कारण हवाई क्षेत्रमा पनि ठूलो धक्का लागेको छ। अबुधाबी र दोहा जस्ता प्रमुख ट्रान्जिट केन्द्रहरूमा उडान प्रभावित भएका छन् । धेरै उडान रद्द भएका छन् भने समय तालिका बारम्बार परिवर्तन भइरहेका छन् । इन्धन आपूर्ति अस्थिर हुँदा भाडा बढ्ने संकेत पनि देखिएको छ ।

विशेषज्ञहरूका अनुसार यदि गल्फ क्षेत्रका विमान सेवाहरूको क्षमता घट्दै गयो भने आगामी दिनमा हवाई यात्रा महँगो हुने निश्चित छ । युद्ध सुरु भएयता मध्यपूर्वतर्फ जाने ३० हजारभन्दा बढी उडान रद्द भइसकेका छन्, जसले विश्वव्यापी पर्यटन र हवाई क्षेत्र दुवैलाई गम्भीर असर पारेको छ ।

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 25 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन