दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ भाद्र । ईलाका प्रहरी कार्यालय, ठोरी ले बिहीबार राति करिब १०:४५ बजेको समयमा भारी मात्रामा प्रतिवन्धित लागु औषध सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

ठोरी गाउँपालिकाको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइ छिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको भन्ने विशेष सूचनाको अधारमा त्यहाँ बाट खटिएको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नं. ०२, सितागुफा नजिक सडक खण्डमा भारतको भिखना तर्फबाट नेपालको सुन्दरबस्ती तर्फ आउँदै गरेका एक जना व्यक्ति संकाष्पदरूपमा टाउँकोमा जुटको बोरा लिइ हिँडिरेकोमा उक्त व्यक्तिलाई रोकी रीत पुर्वक चेक जाँच गर्दा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३० को रबिन्द्र कुमार साह बाट जुटको बोरा भित्र लागु औषध Codiwell Cough Syrup 100 ml को ४ सय ७४ बोत्तल फेला परेको हुँदा फेला परेको लागु औषध तथा निज व्यक्तिलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले शुक्रबार बताएका छन् ।