काठमाडौं, १० चैत्र । समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने र जनताका समस्यालाई राज्य तहसम्म पु¥याउन नेपाल प्रहरीलाई वि.सं. २०३९ सहयोग गर्ने आइरहेको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभर विस्तार भएको छ ।

समाज र प्रहरीबिचको सहकार्यले मात्र समाजमा अमनचयन सम्भव छ भन्ने नीतिलाई आत्मसाथ गर्दै सामुायिक प्रहरी सेवा केन्द्रका स्थापना भएका हुन् । प्रहरीलाई जनतासँग जोड्न बेलाबखत विभिन्न नाराहरु प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा जस्ता योजनाहरु आए, हराए । तर, सामुदायिक प्रहरी, जनतासँग साझेदारी भन्ने योजना भने अहिले देशैभर फैलिएको छ । २०३९ सालमा प्रहरी प्रधान कार्यालयको अग्रसरतामा शुरु भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम उपत्यकाभित्र २९ शाखाबाट सञ्चालित हुँदै आएको छ । यो समुहलाई संंगठित रुपमा देशव्यापी बनाउने र सामुदायिक सेवा परिषद् गठन गर्ने चर्चा पनि चलिरहेको छ । यही समयमा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक केन्द्रहरुको परिचयात्मक कार्यक्रम शनिबार बौद्धस्थित तामाङ कल्याण गुठी भवनमा सम्पन्न भयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बौद्ध प्रहरीका डिएसपी राजु पाण्डे, पूर्व प्रहरी एआईजी तथा सामुदायिक सेवा केन्द्र तिखेदेवल ललितपुरका अध्यक्ष डा. गोविन्द थापा, गोकर्णेश्वर सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष नवराज लामा र बौद्ध केन्द्रमा सल्लाहकार जयमंगल लामाको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी भण्डारीले स्वागत गर्नुभएको थियो भने सल्लाहकार जयमंगल लामा, पूर्व एआईजी गोविन्द थापा, बौद्ध वृद्धका डिएसपी राजु पाण्डे लगायतले केन्द्रको महत्व र वर्तमान परिस्थितिमा केन्द्रसँग सहभागी सदस्यहरुको सक्रियतालाई जोड दिएका थिए । प्रहरी फोर्स सर्भिस हो, प्रहरीलाई जनतासँग जोड्ने काम सामुदायिक सेवा केन्द्रहरुले गर्छन् र जनताका समस्या सेवा केन्द्रहरुमार्फत् प्रहरी हुँदै राज्यका विभिन्न तहमा पु¥याउन यस्ता संस्थाहरुको आवश्यकता रहेको कार्यक्रमका वक्ताहरुले स्पष्ट पारेका थिए ।