उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए ।

“लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उनले भने, “तातोपानीलाई व्यवस्थित रूपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।”

लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताए । चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहान प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ ।

लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो ।

कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् । पोखरीको पानीलाई भाडामा राखेर शरीरमा राख्दै नुहाउने गर्छन् ।

व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उनले बताए ।

लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ ।

विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ती हो । वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ ।

समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ । माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताए । अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-