दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३२ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका उपाध्यक्ष मनोज कुमार मिश्रालाई सो पार्टीले थप जिम्मेवारीको रुपमा प्रवक्ता नियुक्त गरेको छ ।

उक्त पार्टीले ईकाई र जिल्ला कार्य समितिको गतिविधि बारे जानकारी गराउन सो जिम्मेवारी दिईएको हो ।

पार्टीका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले मिश्रालाई थप जिम्मेवारीको पत्र बिहिवार हस्तान्तरण गर्नुभएको छ ।