
दीपेन्द्र प्रजापति/कालो झोला ।
बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ । बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेका छन ।
बिरगंज महानगरपालिका वडा नं.१५ मा भैरहेको विभिन्न योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिनुभएको छ । वडा नं.१५ का स्थानीय बासिहरुले वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन । वडा बासिहरुको कुरा सुनेर सो समस्या को समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडाका स्थानीय बासिहरु संग प्रतिबद्धता गरेका छन् ।
आउने दिनहरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिनेछ । वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनाईलाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगरपालिकाले सुन्दर बिरगंज स्वच्छ बिरगंज बनाउन आफु दिन रात लागि परेको बताए । निर्माण कार्यमा ढिलाई नगर्न ठेकेदार लाई निर्देशन दिइका छन् । भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह समेत गरेका छन् ।