दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ बैशाख । बिरगंज महानगरपालिका वार्ड नं. २२ मा रामनवमीको अवसर मा श्री भवानी मेलाको उद्घाटन भएको छ । जगरनाथपुर युवा क्लबद्वारा आयोजित श्री भवानी मेला उद्घाटन  बिरगंज महानगरपालिका का उप प्रमुख तथा श्री भवानी मेलाका प्रमुख अतिथि इम्तियाज आलमले फिता काटेर उद्घाटन गर्नुभएको हो ।

उक्त मेलामा क्लबले कुस्ती प्रतियोगिताको पनि आयोजना गरेको थियो ।  कुस्ती प्रतियोगिता मा विभिन्न ठाउँका पहलवहरुको सहभगिता रहेको थियो । उपप्रमुख इम्तियाज आलमले पहलवानहरुलाई हात मिलाउँदै अखडा मा कुस्ती गराएका थिए । साथै यस्तो प्रतियोगिता सधैं हुनु पर्छ म धन्यवाद दिन चाहन्छु जगरनाथपुर युवा क्लबलाई कि वहाँहरु यस्तो मेलाको आयोजना गर्नुभएको छ । आउने दिनहरुमा मसंग कुनै किसिम को सहयो चाहिएमा म सहयोग गर्न तत्पर छु, युवाहरुको हौसला बढाउदै मेलाको सराहाना गर्दै धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।

मन्तव्य कै क्रममा बिरगंज महानगरपालिका वार्ड नं. २२ का वडा अध्यक्ष द्वारिका महतोले उप प्रमुख आलमलाई धन्यवाद दिदै भने उपप्रमुख आलम हाम्रो वडाको लागि र वडा बासीहरुको लागि सहयोग गर्न अगाडि रहनु हुन्छ र यस्तो मेला हरेक वर्ष युवा क्लबले आयोजना गर्ने छन् भने म विश्वास लिएको छु भन्नुभयो । सो मेलामा दर्शकहरुको बाक्लो उपस्थिति रहेको कुरा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तिया आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी गराएका छन् ।