काठमाडौँ । उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम र बझाङ प्रदेशसभा मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो । जसअनुसार इलाम २ मा माधव कुमार अध्यक्ष रहेको एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले मात्र ४०८ मत पाए । यस्तै बझाङमा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत पाए । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार रहेको भन्दै एक्लै चुनाव लड्ने उद्घोषका साथ उम्मेदवारी दिएको थियो । गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।