एनपिएल अक्सन: अनिल जनकपुरमा अनुबन्ध

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई रु. १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा आज आयोजित अक्सनमा अनिलले न्यूनतम रु. १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी थिए । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल रु. १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।

तीव्र गतिका बलर प्रतिश जिसीलाई रु. १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडौँ सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो । त्यस्तै, लोकेश बमलाई विराटनगरले रु. १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रूपमा परिचित उनलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।

मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य रु. १० लाख राखेका थिए । अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।

यसैगरी, रिजन ढकाल रु. १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन् । ए ग्रेडमा रहेका उनले न्यूनतम रु. १० लाख पाएका छन् । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले रु. पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए। यसैगरी, अलराउन्डर नारायण जोशी रु. १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । युवा ब्याटर ऋत गौतम रु. पाँच लाखमा नै बिक्री थिए । न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम रु. १० लाख र उच्चतम रु. १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम रु. पाँच लाख तोकिएको छ ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 72 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय