दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, ०३ चैत । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटि अध्यक्षमा अनिल तिवारी चयन भएका छन् । एन प्याब्सन नेपालका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको संयोजकत्व र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठन गरिएको हो ।

शनिवार गठन गरिएको एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा डुमरवाना पब्लिक स्कूल रजघट्टाको संचालक अनिल तिवारी सर्वसम्मत चयन भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा सरोज चन्द्र कार्की,कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी चयन भएका छन् ।कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले चयन भएका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति निरन्तर सरकार तथा सरोकारवाला निकायसंग छलफलमा रहेका समेत अधिकारीले बताए ।

अध्यक्षमा सर्वसम्मत चयन गरेकोमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष अनिल तिवारीले धन्यावाद ज्ञापन गरेको थियो । उक्त कार्यसमिति उदघाटन कार्यक्रममा एन प्याब्सन बाराका कोषाध्यक्ष मदन रिजाल, स-सचिव राम बहादुर चौधरी, पूर्व प्रदेश सदस्य सुन्दर ढकाल लगायत जीतपुरसिमरा उपमहानगर भित्र रहेका बिभिन्न निजि बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।