एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?

नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौँमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्बजनिक गरेको हो ।

जस अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आआफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय समेत गरेको छ । 

साथै, बैठकले बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय समेत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिएको छ । साथै संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ । त्यस्तै एमालेको संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने समेत पोखरेलले जानकारी दिए ।

त्यस्तै एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

  • Related Posts

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 8 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव