सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषदबाट वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको छ।

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने, यस प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने लगायतका व्यवस्थाहरू यस अध्यादेशमा रहेका छन्।

यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश समेत जारी गर्न सिफारिस गरिएको छ। विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशसँग अनुकूल बनाउन यी अध्यादेशहरू सिफारिस गरिएको हो।

यसैगरी, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको छ, जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउन यो अध्यादेश सिफारिस गरिएको हो।

साथै, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो।

यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ।

  • Related Posts

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेका ६ खेलमा…

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई १५ दिनभित्र तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात गरेका छन् । महालेखा नियन्त्रक कार्यालयको तलब प्रविष्टि प्रणालीमार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी…

    पहिलो

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 13 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 3 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    • April 30, 2026
    • 3 views
    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 15 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 14 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 18 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध