दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २२ मंसिर । नेपाल भोजपुरी समाज वीरगञ्जले कन्चन जंगा ईंग्लिश बोर्डिङ स्कूलमा आफ्नो २३ औ प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।

समाजका अध्यक्ष धु्रवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव राजेन्द्र सिंह राजपुतले बोर्डिङ स्कूलका कक्षा ९ र १० का बिध्यार्थीहरुलाई भोजपुरी भाषा साहित्य तथा कला संस्कृतिको बारेमा बिषेश प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कन्चन जंगा ईंग्लिश बोर्डिङका प्रधानाध्यापक मार्टिन मोक्तान, शिक्षक शिक्षिका समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, समाजका सल्लाहकार मनोज मिश्र, बरिष्ठ पत्रकार दीपेन्द्र प्रजापतिको विशेष सहभागिता रहेको थियो ।

नेपाल भोजपुरी समाजले हरेक शुक्रबार बिधालयहरुमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।