कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

सिन्धुली । सिन्धुलीका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ । यही असोज १० र १२ गते अविरल वर्षाले क्षति पुर्‍याएको दुई पालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका हुन् ।

बाढीपहिरोजन्य विपद्बाट पुगेको क्षति पुनः स्थापन तथा संकट व्यवस्थापन गर्न आर्थिक सहयोग गर्न सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सहयोग जुट्न थालेको हो । कमलामाई नगर नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गोलञ्जोर र सुनकोशीका गाउँपालिका अध्यक्ष क्रमशः शंकरराज बराल र दीपा बोहोरा दाहाललाई तीन÷तीन लाखको हस्तान्तरण गरे।

सो अवसरमा नगरप्रमुख पोखरेलले आर्थिक सहयोगले पनि सुनकोसी र रोशी खोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित भएका प्रभावित परिवारलाई मलमको काम गर्ने बताए। “बाढीपहिरोबाट सिन्धुलीका सबै पालिका प्रभावित छन् । अझ बढी उत्तरी क्षेत्रका सुनकोसी, गोलञ्जोर र फिक्कल गाउँपालिका प्रभावित भएको छ,” उनले भने “छिमेकीकोमा विपत्ति आयो, मेरोमा आएन भनेर चप लागेर नबसौँ । आ–आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरौँ ।” बाढीपहिरोले घरमा थुपारेको लेदो र बालुवा माटो सफाइ गर्न जनशक्तिसमेत प्रभावित क्षेत्रमा खटाइएको उनले बताए।

यसैगरी, दूधौली नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले सुनकोसी गाउँपालिकालाई रु. पाँच लाख र गोलञ्जोर गाउँपालिकालाई रु. दुई लाख प्रदान गरेका छन् । दूधौली नगरकार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसारसम्बन्धी पालिकाको कार्यालय पुगेर पालिका प्रमुखलाई सहयोग रकम प्रदान गरिएको नगरप्रमुख अधिकारी दनुवारले बताए।

मरिण गाउँपालिकाले सुनकोशी गाउँपालिकालाई तीन लाख र गोलञ्जोर गाउँपालिकालाई दुई लाख सहयोग गरेको छ । मरिणका प्रमुख विमर्श मोक्तानले सम्बन्धित पालिका पुगेर उक्त सहयोग प्रदान गरेका थिए। यसका साथै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली नेपाल रेडक्रस सोसाइटीलगायत जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाले राहत वितरण कार्यदलका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलको संयोजकत्वमा बाढीपहिरो प्रभावित पालिकाका तीन सय परिवारलाई तत्कालका लागि चाहिने अत्यावश्यक सामग्री तथा खाद्यन्नहरु वितरण गरेका छन् ।

विभिन्न ठाउँमा गएको पहिरो र रोशी खोला तथा सुनकोसी नदीमा आएको बाढीले यस पालिकामा मानवीय क्षतिसमेत भएको थियो । मानव बस्ती, धानबाली, खेतीयोग्य जमिन र सडकमा क्षति बाढीपहिरोले गरेको थियो । बाढीपहिरो प्रभावित सुनकोसी र गोलञ्जोरले सूचना निकालेर पालिकावासीको उद्धार, राहत, पुनः निर्माण र पुनः स्थापनाको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-