कस्तो छ सलमानका पिता सलीम खानको स्वास्थ्य अवस्था ?

बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित लेखक सलीम खान लीलावती अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् ।

सलीम खानको उपचारमा संलग्न डाक्टर जमील पारकरका अनुसार उनलाई सामान्य प्रकारको ब्रेन हेमरेज भएको हो, जसमा शल्यक्रियाको आवश्यकता पर्दैन । उनले भनेका छन् – ‘उहाँमाथि डीएसए (डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राफी) प्रक्रिया गरिएको छ, तर यसलाई शल्यक्रिया मानिँदैन ।’

डाक्टर पारकरले सुरुमा डिस्चार्ज गर्ने तयारी भए पनि पूर्ण आरामपछि मात्र निर्णय गरिने बताए । उनले भने- ‘उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ तर स्वास्थ्यमा सुधार भइरहेको छ। उमेर बढी भएकाले रिकभरी केही ढिलो भइरहेको छ ।’

चिकित्सकका अनुसार फेब्रुअरी १७ मा पारिवारिक चिकित्सक चोपडाको सिफारिसमा सलीम खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनको रक्तचाप उच्च रहेको र सुरक्षाको दृष्टिले भेन्टिलेटरमा राखिएको जनाइएको छ । हाल अवस्था पहिलेभन्दा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, सलीम खानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन परिवारका सदस्यसँगै बलिउड क्षेत्रका व्यक्तिहरू अस्पताल पुग्ने क्रम जारी छ । वरिष्ठ लेखक जावेद अख्तर पनि उनलाई भेट्न अस्पताल पुगेका छन् भने अभिनेता सलमान खान निरन्तर अस्पतालमा उपस्थित भइरहेका छन् ।

  • Related Posts

    काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

    मुन्द्रे र मुन्नी अभिनित फिल्म ‘कार्की साइँला’ को छायांकन शुरु

    राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो