किन हुदै छ भारतीय क्रिकेटर शिवम दुबे रेल चढेको चर्चा ?

टी-२० विश्व कप जितेका भारतीय क्रिकेटर शिवम दुबे अहिले रेलमा चढेका कारण चर्चामा रहेका छन् ।

अहमदावादमा भएको फाइनलपछि दुवे अहमदाबादबाट मुम्बई रेलमार्फत गुपचुप रूपमा मुम्बई पुगेको विषय अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले सायाजी एक्सप्रेसको एसी-३ कोचको अपर बर्थमा कसैले नाचिनुन भनेर लुकेर यात्रा गरेका थिए ।

यात्राका क्रममा टिकट चेक गर्न टीटीले नाम सोध गर्दा उनकी पत्नी अन्जुमले तुरुन्तै उत्तर दिई दुबेको पहिचान लुकाएकी थिइन् ।

अहमदाबादको नरेंद्र मोदी स्टेडियममा फाइनल जितेपछि दुबे सोमवार बिहान करिब ५: १० बजे रेलबाट मुम्बईका लागि प्रस्थान गरेका थिए । उनले आफ्नो परिचय लुकाउन क्याप, मास्क र फुल स्लीभ टी-शर्ट लगाएका थिए । ट्रेनमा पुग्दा उनले एसी–३ कोचको ऊपर बर्थमा लेटेर रेलवे कम्बल ओढेका थिए । करिब आठ घण्टाको यो यात्रापछि बोरीवली स्टेशनमा पुग्दा भिडभाडको चिन्ता भएपछि दुबेले प्रहरीको सहयोग लिएर सुरक्षित रूपमा स्टेशन छोडेको बताइएको छ ।

उनी छिटो मुम्बई जानु पर्ने भएको र फ्लाइटको टिकट नपाएपछि रेलको यात्रा गरेको बताइएको छ ।

टी-२० वर्ल्ड कपमा दुबेले फिनिशरको भूमिका निर्वाह गर्दै २३५ रन बनाएका थिए । फाइनलमा पनि उनले अन्तिम ओभरमा ३ चौका र २ छक्का लगाएर भारतको स्कोर २५० पार पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि