दीपेन्द्र प्रजापति/कालो झोला ।

दमक, ०८ असोज । क्लब हिमालयन टाइगरको चौथो साधारण सभा शनिबार दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो साधारण सभाले क्लबका विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न नगरपालिका, पालिका र अन्तराष्ट्रिय संयोजकहरु चयन गरेको छ ।

क्लब हिमालयन टाइगर दमक शाखाको अध्यक्षमा दिपक खड्का को नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष मेघनाथ फुयाल, महिला उपाध्यक्ष अनु भण्डारी ,सचीवमा तिर्थ राज राई, सहसचिव सबिना साङ्पाङ, कोषाध्यक्ष राजु अधिकारि र सदस्यहरुमा खगेन्द्र गुरागाइ, दिवस खतिवडा , डिल्ली मिश्र, आशिष् पौडेल, सन्तोस कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोसिस सिवाकोटी रहेका छन् ।

त्यसै गरी कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिम प्रसाद कडरिया, शिवसताक्षी नगरपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिल बहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेम कुमार उप्रेती चयन हुनु भएको छ ।

आयोजित कार्यक्रमममा क्लबलाई विशेष योगदान दिएका वेनु प्रसाद चचुडा, १ सय २१ पटक रत्तदान गर्ने राज कुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रले विशेष सम्मान गरिएको छ । त्यस्तै उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य, विभिन्न शाखाका कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि राम थापाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै दमक नगरपालिकाका मेयर राम थापाले भने क्लबको माध्यमबाट युवाहरुले समाज रुपान्तरणमा खेलेको भुमिकाको उच्च सम्मान गर्नु पर्छ र आगामी दिनमा नगरपालिकाले क्लबसँगको सहकार्यमा काम गर्ने समेत बताउनु भयो । युवाहरुको सामाजिक काम प्रतिको यो उत्साह देखेर आफु प्रफुल्ल भएको थापाले बताउनु भयो ।

क्लब हिमालयन टाइगर २०७६ सालमा विधिवत स्थापन भई समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीले बताउनु भयो । क्लबले बाढी पिडितलाई सहयोग, विपन्न बर्गलाई खाद्यान्य र न्यानो कपडा वितरण, कोरोनाको समयमा माक्स, खाद्यान्य वितरण, अवाश्यकताको आधारमा व्लड व्यावस्थापन, सरसफाई कार्यक्रम, शान्ति सुरक्षा सम्बन्धी चेतना मुलक कार्याक्रम, स्कुलहरुमा व्याग र स्टेशनरी वितरण लगायत समाजमा भैपरि आउने विभिन्न समस्याहरुको तत्काल समाधान र उद्दारको काममा क्लबले दैनिक रुपमा काम गरी रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

क्लबले आगामी १० बर्षमा १ लाख सदस्य बनाएर संस्थालाई विश्व व्यापी बनाउने लक्ष्य लिएको भण्डारीले बताउनु भएको थियो । क्लबको आगामी योजना अनुसार देश विदेशमा शाखा विस्तार गरी नागरिकका हरेक सुख दुखको साथी बनेर सबैसँग सहकार्र्य गर्दै सक्रिय रुपमा अझ सशत भएर अघि बढ्ने सभामा उपस्थित सदस्यहरुले बताएका छन् । कार्यक्रममा आशा राई र अभिलासा राईले मौलिक नृत्य गरी कार्र्यक्रमको शोभा बढाइदिएका थिए साथै कार्यक्रममा क्लबका केन्द्रीय पदाधिकारी लगायत अन्य विभिन्न संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।