दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ फागुन । वडा प्रहरी कार्यालय, बिर्ता तथा लागु औषध नियन्त्रण ब्युरो, पर्साले मंगलबार दिउँसो करिब ०४:०० बजेको समयमा खैरो हिरोइन सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट स्थित सडक खण्ड बाट वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्सा बाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीहरूलाई चेक जाँच गर्ने क्रममा भारतको रक्सौल बाट वीरगञ्ज तर्फ संकास्पद रूपमा भारतको पश्चिम बङ्गाल राज्यको जिल्ला माल्दा, बमनग्राम बस्ने वर्ष २९ को महम्द नायम शेखलाई फेला पारी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाई प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा खैरो हिरोइन ३ सय ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषधलाई बरामद गरी महमद नायम शेख संग प्रारम्भिक अनुसन्धान गर्दा गोर्खा जिल्लाको घार्चे गाउँपालिका वडा नं. ०६ हाल काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २४ को सुरेश घलेले मँगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएको हुँदा लागु औषध अनुसन्धान व्युरो, कोटेश्वर संग समन्वय गरी निज सुरेश घलेलाई समेत बुधबार पक्राउ गरी पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बिहीबार बताएका छन् ।