दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको संयुक्त टोलीले विशेष सुचनाको आधारमा सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. ०३, छपकैया बाट समसुन ट्रेडर्सका सञ्चालक वीरगञ्ज महानगरपालिका वडा न ०३, छपकैया बस्ने वर्ष ३५ को शेष आविद अली र वडा नं. १७, अलौं बस्ने वर्ष २३ को शेष कौशलले संचालन गरेको समसुन ट्रेडर्स बाट Label मेटी विक्रीको लागि लगिरहेको तथा शंकास्पद रूपमा भण्डारण गरी राखिएको विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मोबिल जम्मा १ हजार ५० लिटर २ सय मि. लि. र SNT Premium Break Oil तौल उल्लेख नरहेको ४५ डिब्बा, Battery Water 5 liter ग्यालेन २ थान, Distilled Water १ लिटर को १० थान तथा सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको १ लिटरको बोत्तल ५५ वटा तथा अन्य सामाग्रीहरू बरामद गरी पर्सा जिल्ला अदालतबाट पक्राउ परेका शेष आविद अली र शेष कौशल विरुद्द कालो बजारी अन्तर्गतको कसूरमा सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।