मुनामदन सिलवाल
काठमाडौँ । पाशुपत क्षेत्र गौरीघाटमा सन्ध्याकालीन आरतीको सुभारम्भ गरिएको छ । स्थानीय धार्मिक आस्थावान् व्यक्तिहरुको पहलमा उक्त कार्यक्रम माघ ११ गतेबाट सुभारम्भ गरिएको हो ।
प्रत्येक महिलाको १५–१५ दिनमा सन्ध्याकालीन आरती गरिने स्थानीय समाजसेवी भरत श्रेष्ठले बताए ।
गौरीघाट क्षेत्रको समग्र विकास धार्मिक क्षेत्रबाट हुनेदेखि हामीले पाशुपत क्षेत्र गौरी–गंगा बागमती आरतीको शुभारम्भ गरेका हौँ । यस भेगका बासिन्दा तथा भक्तजनहरुले विगत केही वर्षदेखि नै सन्ध्याकालीन आरती गर्नुपर्ने सुझाव दिएका थिए । हामीले यस वर्षदेखि पुस शुक्ल पूर्णिमाबाट सुभारम्भ गरेका हौँ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्री स्वस्थानी माताको पूजाआराधना गर्ने प्रचलन छ ।
उक्त पूजाकी मुख्यकर्ताको रुपमा समाजसेवी सितादेवी खड्का श्रेष्ठले भूमिका निर्वाह गरिन् भने सुप्रसिद्ध तबला बादक एवं वरिष्ठ कलाकार सरिता मिश्रलगायत विभिन्न कलाकाहरूले भक्ति संगीतसहित आरती प्रस्तुत गरेका थिए ।
स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको उक्त सन्ध्याकालीन आरती कार्यक्रमले यस क्षेत्रको धार्मिक, सामाजिक एवं पर्यावरणको क्षेत्रमा समेत टेवा पुग्ने वरिष्ठ कलाकार सरिता मिश्रले बताइन् । मानिसमा संगीतले सकारात्मक उर्जा प्रदान गर्दछ भने आरतीले सबैमा सकारात्मक ज्योतिमय उर्जाको जागरण गराउँछ भन्ने हामीले विश्वास गर्ने गरेका कुरा हो ।’ कार्यक्रमलाई स्थानीय युवाहरु सन्तोष सेढाई बलराम सेढाई, अमृतजंग थापालगायतको सक्रिय सहभागिताले झनै उर्जा थपेको वरिष्ठ कलाकार मिश्रले बताइन् ।


गौरी–गंगा बागमती आरती समिति समेत निर्माण गरी यसलाई संस्थागत रूपमा व्यवस्थित गर्दै अगाडि बढाइने समाजसेवी/पत्रकार विष्णुप्रसाद तिमल्सिनाले बताए । हामीले स्थानीय सबैलाई आह्वान गर्दैै यस कार्यलाई कसरी व्यवस्थपित र निरन्तर गराउन गराउन सकिन्छ भनेर सुझावका लागि समेत आव्हान गरेका छौँ ।