चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । नासाको आर्टेमिस २ ले मानवलाई पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढासम्म पुर्‍याउँदै पुरानो रेकर्ड तोडेको छ ।

यस अभियानले अपोलो १३ ले सन् १९७० मा बनाएको दूरीको कीर्तिमान पार गरेको हो । चन्द्रमाको नजिक पुग्दा अन्तरिक्ष यात्रीहरूले झ्यालबाट चन्द्रमाको आकर्षक दृश्य अवलोकन गरेका थिए । विशेषगरी चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (फार साइड) नजिकबाट हेर्ने अवसर पाएका छन्, जुन मानवका लागि दुर्लभ मानिन्छ ।

करीब ६ घण्टा लामो फ्लाइबाय यस अभियानको सबैभन्दा महत्वपूर्ण चरण मानिएको छ । यसमा तीन अमेरिकी र एक क्यानडाली अन्तरिक्ष यात्री सहभागी छन् । यो अभियान भविष्यमा पुनः मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घकालीन योजनाको हिस्सा हो ।

नासाका अनुसार अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम करिब २ लाख ५२ हजार ७५२ माइल दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यससँगै उनीहरू मानव इतिहासकै सबैभन्दा टाढा पुगेका व्यक्तिका रूपमा स्थापित भएका छन् ।

करिब १० दिन लामो यस अभियानपछि आगामी १० अप्रिलमा अन्तरिक्षयान प्रशान्त महासागरमा अवतरण गर्दै पृथ्वीमा फर्किने तालिका छ । नासाले यसलाई चन्द्रमामा दीर्घकालीन आधार निर्माणतर्फको महत्वपूर्ण कदम मानेको छ । सन् २०२८ भित्र चन्द्रमाको दक्षिणी ध्रुव नजिक मानव अवतरण गराउने लक्ष्य राखिएको छ ।

यस अभियानका कमाण्डर रीड वाइजम्यान रहेका छन् भने पाइलटको जिम्मेवारी विक्टर ग्लोभरले सम्हालेका छन् । त्यस्तै, क्रिस्टिना कोच र क्यानडाली अन्तरिक्ष एजेन्सीका जेरमी ह्यान्सन विशेषज्ञका रूपमा सहभागी छन् । उनीहरू सबै ओरियन अन्तरिक्षयान मा सवार भई चन्द्रमाको नजिकबाट ऐतिहासिक यात्रा गरिरहेका छन् ।

  • Related Posts

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बादल लागेको…

    देश विदेशका प्रमुख २० समाचार

    १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा…

    पहिलो

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 63 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 8 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल