चीनमा अपार्टमेन्टमा आफन्तको अस्थि राख्न किन गरियो निषेध ?

चीन सरकारले नयाँ कानुन लागू गर्दै खाली अपार्टमेन्टमा आफन्तको अस्थि राख्न नपाइने व्यवस्था गरेको छ । ‘अस्थि अपार्टमेन्ट’ भनेर चिनिने यस्तो अभ्यास रोक्न यो निर्णय गरिएको हो । नयाँ नियमअनुसार सार्वजनिक समाधिस्थल बाहेक अन्यत्र शव गाड्ने वा स्मारक बनाउने कामसमेत प्रतिबन्धित हुनेछ ।

रिपोर्टअनुसार चीनमा समाधिस्थल अत्यन्त महँगो बन्दै गएपछि मानिसहरूले ‘गुहुई फाङ’ भनिने फ्ल्याट किनेर त्यसमा अस्थि राख्ने चलन बढेको थियो । ती फ्ल्याटलाई सानो पूजा स्थल जस्तै बनाइन्छ, जहाँ बत्ती, रातो उज्यालो र पुस्तौंदेखिका अस्थि सजाएर राखिन्छन् ।

तीव्र शहरीकरण र वृद्ध जनसंख्या बढेसँगै शहरमा समाधिस्थलको जमिन घट्दै गएको छ भने मूल्य अत्यधिक बढेको छ । उता पछिल्ला वर्षमा घरको मूल्य घट्दा मानिसहरूले सस्तो विकल्पको रूपमा खाली फ्ल्याट प्रयोग गर्न थालेका हुन् ।

राजधानी बेइजिङमा एउटा सामान्य समाधिको मूल्य करिब १ लाख ५० हजार युआनदेखि ३ लाख युआनसम्म पुग्ने गरेको छ । यो धेरैका लागि निकै महँगो मानिन्छ । सरकारले भने घरलाई यस्तो प्रयोजनमा प्रयोग गर्दा आवास बजारमा असन्तुलन आउने चिन्ता व्यक्त गरेको छ । त्यसैले ३१ मार्चदेखि यो कानुन लागू गरिएको हो, जुन छिङमिङ पर्व भन्दा ठीक अगाडि ल्याइएको हो ।

यसबीच सामाजिक सञ्जालमा भने यो निर्णयको आलोचना भइरहेको छ । वीबोमा सम्बन्धित विषय लाखौँ पटक हेरिएको छ । प्रयोगकर्ताहरूले ‘यदि समाधिस्थल सस्तो हुन्थ्यो भने यस्तो किन गरिन्थ्यो ?’ भन्दै प्रश्न उठाएका छन्।

चीनमा वृद्ध जनसंख्या तीव्र रूपमा बढिरहेको छ। सन् २०२५ मा करिब १ करोड १३ लाख मानिसको मृत्यु भएको छ, जुन एक दशकअघिको तुलनामा निकै बढी हो । उता जन्मदर भने घट्दै गएकाले मृत्यु संख्या जन्मभन्दा धेरै भएको देखिन्छ । यसले शहरमा जमिनको चाप बढाएको छ, विशेषगरी सांघाई जस्ता घना शहरमा समाधिस्थलका लागि स्थान अभाव हुँदै गएको छ ।

यही कारण सरकारले वातावरणमैत्री अन्त्येष्टि विधिलाई प्रोत्साहन दिइरहेको छ । यसमा कम जमिन प्रयोग हुने वा जमिन नै नचाहिने तरिका अपनाइन्छ, जस्तै समुद्रमा अस्थि विसर्जन, रूखमुनि गाड्ने वा सामूहिक स्थानमा अन्त्येष्टि गर्ने ।

सांघाईमा समुद्रमा अस्थि विसर्जन गर्नेको संख्या बढ्दै गएको छ । सन् २०२५ मा पहिलो पटक यस्ता घटना १० हजारभन्दा बढी पुगेका छन्, जसले मानिसहरू सस्तो र वैकल्पिक विधितर्फ आकर्षित भइरहेको देखाउछ ।

Single Image
  • Related Posts

    हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री ओरबानको लज्जास्पद हार

    हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् । सार्वजनिक प्रारम्भिक नतिजापछि उनले परिणामलाई ‘पीडादायी’ भन्दै सत्ता छोड्ने घोषणा गरेका हुन् । राजधानी बुडापेस्टमा समर्थकहरूलाई…

    एक अर्ब डलर र देशकै सुन्दर महिला दिन युगान्डाका सेनाप्रमुखको टर्कीसँग माग !

     युगान्डाका सेनाप्रमुख तथा राष्ट्रपतिका छोरा मुहोजी कानेरुगाबाले टर्कीसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा चुलिएको छ । उनले टर्कीबाट एक अर्ब डलर बराबर रकम र ‘देशकै सबैभन्दा सुन्दर महिला’लाई…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 88 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !