दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०९ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको एउटा मालबाहक ट्रकलाई बुधबार आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट चितवन तर्फ लैजादै गरेको मालबाहक ट्रकलाई विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले बुधबार राती करिब ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट  “जय बजरंगवली ट्रान्सपोर्ट” को ना. २ ख ८६४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रक भित्र लोड रहेका खुद्रा तथा लत्ताकपडाहरू अन्दाजी मूल्य रू. १८ लाख ७८ हजार ३ सय ९१ बराबरको मूल्याङ्कन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।