दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा ले आर्थिक वर्ष २०८०/०८१ को ३ महिना मै रु. २५ लाख ३० हजार ५० राजश्व संकलन गर्न सफल भएको छ । पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा का अनुसार श्रावण महिनामा २ सय ७१ वटा ट्रक, ७१ वटा कार/जिप/भेन, ३ वटा ट्रेक्टर, ३ सय ३३ मोटरसाइकल र ३६ वटा टेम्पो कार्वाही गरि जम्मा रू. ६ लाख २६ हजार ५ सय राजश्व संकलन गरेको थियो ।

यसैगरी भदौ महिनामा ५ सय ४३ ट्रक, २ वटा बस, १ सय ११ वटा कार/जीप/भेन, १० वटा ट्रेक्टर, ६ सय १३ वटा मोटरसाइकल र ३७ वटा टेम्पो कार्वाही गरि जम्मा रू. १२ लाख २१ हजार ५ सय राजश्व संकलन गर्न सफल भएको थियो ।

साथै असोज महिना मा अर्थात् प्रहरी निरीक्षक खतिवडा को आगमन संगै राजश्व संगै विभिन्न सवारी साधनहरुको कार्वाहीमा बृद्धि पनि हुन थालेको छ । ७ सय ९६ ट्रक, २१ वटा बस, २ सय ५ कार/जीप/भेन, २८ वटा, ८ सय ८४ वटा मोटरसाइकल, ५५ बटा टेम्पो कार्वाही गरि जम्मा रू. १९ लाख ३ हजार ५ सय ५० राजश्व संकलन भएको छ ।