जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठ वटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।

त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views