दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ मंसिर । बीरगंज महानगरपालिका वडा नं. २४, बहुअरी निवासी अन्दाजी वर्ष ७० का रुपा राउत कुर्मीको ट्रकको ठक्कर बाट बुधबार दिउँसो करिब ०४:३० बजेको समयमा मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौं चौक बाट सिध्रा माछा किनी साईकल चलाएर गईरहेको अवस्थामा वडा नं. २५, चण्डालचोक स्थित सडकखण्डमा बहुअरी बाट ICP गेटतर्फ जाँदै गरेको ना.३ ख ६०७५ नम्बरको ट्रकले निज कुर्मीलाई ठक्कर दिदा गम्भिर घाइते भएको अवस्थामा छटपटी रहेको अवस्थामा स्थानीय प्रत्यक्षदर्शीहरु ट्रक चालक लाई जति कराए पनि चालक ले पुनः गाडी तेर्स्याएर कुर्मीको टाउको मा पछाडि को चक्का बाट किचिएको हुनाले घटना स्थलमै मृत्यु भएको हो ।

घटना पश्चात   प्रहरी चौकी, सिर्सिया तथा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट प्रहरी निरीक्षक दावा छिरिङ शेर्पाको कमाण्डमा खटिएको प्रहरी टोलीले मरिसकेको रूपा राउत कुर्मीलाई उपचार गराउन नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । भन्ने  ना.३ ख ६०७५ नम्बरको ट्रक तथा चालक वीरगञ्ज महानगरपालिका कै वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २५ को छोटु कुमार कुशवाहा लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यता आक्रोशित स्थानीय बासीहरुले केही बेर सवारी आवागमन रोक्नुको साथै पर्सा प्रहरीले यस्ता घटनाहरु लाई पैसाको बलमा सहजै दबाउने काम पनि गर्दै आईरहेका कुरा पनि गरिरहेका थिए । साथै यस्ता घटनाहरु बहुअरी चौक देखि आई. सी. पी. को बीचमा भई रहनु कुनै नौलो पनि होइन तर प्रहरीले पनि पिडित परिवारहरु लाई उचित छति पूर्ति दिलाउनु को सट्टा आफ्नै रोटी सेक्ने काम शुरु गर्दै आईरहेका कुरा आक्रोशित भएका स्थानियहरुले बताउँछन् ।