ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, इरान युद्ध बारे छलफल

अमेरिका-इजरायल र इरानबीच जारी युद्ध आज ११औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसँग करिब एक घण्टा टेलिफोन वार्ता गरेका छन् ।

ट्रम्पका अनुसार उक्त वार्तामा इरानसँगको युद्ध र युक्रेनको अवस्थाबारे छलफल भएको थियो । पुटिनले रूस इरान युद्ध अन्त्य गराउन सहयोग गर्न इच्छुक रहेको बताएका थिए । तर ट्रम्पले पहिले रूस-युक्रेन युद्ध अन्त्य गराउन पहल गर्नु अझ राम्रो हुने बताएका छन् ।

फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ईरानसँग युद्ध सुरु भएपछि आफू र पुटिनबीच भएको यो पहिलो वार्ता भएको जानकारी दिएका छन् । मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला यो वार्ता भएको बताइएको छ ।

ट्रम्पले पछिल्ला १० दिनमा अमेरिकाले ईरानका ५१ वटा जहाज डुबाएको र हजारौँ सैन्य ठेगानालाई निशाना बनाइएको दाबी पनि गरेका छन् ।

  • Related Posts

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    भारतको बिहारमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने…

    न्युयोर्कमा इरान युद्धको विरोधमा प्रदर्शन

    काठमाडौँ । अमेरिकाको न्युयोर्कमा इरान युद्ध र इजरायललाई हतियार उपलब्ध गराएको विरोधमा प्रदर्शन गरिरहेका ९० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले म्यानहट्टन क्षेत्रमा सडकमा उत्रिएर नाराबाजी गर्दै सवारी आवागमन…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 9 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव