दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ चैत । ईलाका प्रहरी कार्यालय, ठोरी ले Online VCTS तथा आवश्यक पर्ने कागजातहरू बिनाको गहुँ लोड रहेको पिकअप गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सोमबार त्यहाँ बाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०२ स्थित हुलाकी सडक खण्ड बाट चितवन तर्फ जादैँ गरेको ना. ५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा Online VCTS  विल  तथा अन्य चाहिने आवश्यक कागजातहरू साथमा नरहेको हुँदा सो गाडीमा लोड रहेको ५० किलो ग्राम को प्रतिबोरा जम्मा १ सय ८५ बोरा गरी जम्मा ९ हजार २ सय ५० किलो ग्राम गहुँ अन्दाजी मूल्य रू. ३ लाख २३ हजार ७ सय ५० बराबरको गहुँ नियन्त्रणमा लिई गहुँ तथा उल्लेखित नम्बरको पिकअप गाडी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।