डब्लुटिओको व्यापार-वातावरण समितिको अध्यक्षमा नेपाली प्रतिनिधि सुवेदी निर्वाचित

     जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतको व्यापार र वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार मार्च ११ मा जेनेभामा बसेको विश्व व्यापार संगठनको महासभा बैठकबाट सुवेदीलाई एक वर्षका लागि उक्त समितिको अध्यक्षमा चयन गरिएको हो ।

    व्यापार र वातावरण समिति विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले व्यापारमा पार्ने असरबारे छलफल गर्ने स्थायी मञ्च हो । यसले वातावरणमैत्री व्यापार प्रवर्द्धन तथा जलवायुसँग सम्बन्धित व्यापारिक उपायहरूबारे संवादलाई सहजीकरण गर्ने काम गर्छ ।

    नेपालका लागि यो नेतृत्व भूमिका महत्वपूर्ण मानिएको छ । नेपाल अति कम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेको अवस्थामा विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै नेपालको व्यापारलाई विश्व बजारसँग अझ सुदृढ रूपमा जोड्ने प्रयास भइरहेका बेला यो जिम्मेवारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • Related Posts

    अण्डाको मूल्यमा वृद्धि

    चितवन । अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य…

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 8 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव