तत्काल चार आयोग गठन गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई आफुहरुले भविष्यको कर्णधार भनिरहदा उनीहरु वर्तमानकै नेतृत्व गर्न आएको बताउदै जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका हुन् । 

महामन्त्री शर्माले जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने, भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, भ्रष्टाचारका विभिन्न मुद्दामा उच्चस्तरीय शक्तिशाली छानबिन र २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गरी चार आयोगको तत्काल गठन गर्न माग गरेका छन् । 

साथै उनले अहिलेसम्मको राजनीतिक यात्रामा आफु जम्माजम्मी एक पटक सांसद बनेको बताउदै आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गर्न समेत आग्रह गरेका छन् र राजनीतिक नेतृत्वमा रहेका सबै परीक्षणका लागि तयार बन्न आग्रह गरेका छन् ।

उनले जेनजी पुस्ताको नाममा विधम्स मच्याउनेको छानबिन गर्न जेनजी युवाहरुलाई आग्रह समेत गरेका छन् ।    

  • Related Posts

    राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु…

    निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

    काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह