दाह स्थानमा प्रहरी चौकी !

बागलुङ । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाह स्थानको सत्तलमा रात बिताइरहेका छन् । जिल्लाको मुख्य प्रवेशद्वार माल ढुङ्गा चेकपोस्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ ।

बागलुङ नगरपालिका-१ माल ढुङ्गामा जिल्लामा प्रवेश गर्ने बाक्लो सवारीसाधनको सुरक्षा जाँच तथा सिमानाको संवेदनशीलताको विषयमा यहाँ राखिएका प्रहरीका लागि भवन नहुँदा समस्या भएको हो ।

जनताको सुरक्षामा खटिएको नेपाल प्रहरी पछिल्लो छ महिनादेखि मसानघाटको सत्तलमा आश्रय लिइरहेको छ । यहाँको चौकी १५ मिटर भित्रसम्म सडक खाली गर्ने भनी भत्काइएपछि प्रहरीहरू कालीगण्डकी किनाराको खुदर्के मसानघाटको सत्तलमा आश्रय लिएर बस्दै आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

जिल्लाको प्रवेशद्वारबाट सडक विस्तारको काम थाल्ने योजना अनुरूप प्रहरी चौकीको अस्थायी छाप्रो भत्काइएपछि प्रहरी मसानघाटमा पुगेको उनले जानकारी दिए । यसअघि पनि अस्थायी छाप्रोमा उचित बसोबासको व्यवस्था नहुँदा प्रहरीहरू भुईँमा सुत्ने गरेका थिए ।

“जनताको जीउधन र सवारी सुरक्षामा खटिएका प्रहरी मसानघाटको सत्तलमा रात बिताइरहेका छन् । नौ जना प्रहरी अहिले खुदर्के मसानघाटमा बनाइएको सत्तलमा बसेर प्रवेशद्वारको सुरक्षामा खटिएका छन्, मुख्य नाका भएकाले माल ढुङ्गामा सवारीसाधनको सबै तथ्याङ्क राखिन्छ”, प्रहरी उपरीक्षक कँडेलले भने, “बागलुङ नगरपालिकासहित स्थानीय तहमा भवन निर्माण गर्न बजेट माग गरेका छौँ, हाल चौकी भइरहेको स्थानभन्दा केही तल भवन बनाउन सकिन्छ ।”

प्रहरी चौकीसँगै सूचना केन्द्र बनाउन आवश्यक रहको भन्दै प्रहरी उपरीक्षक कँडेलले सिमानाका भएकाले प्रहरी थप संवेदनशील हुनुपर्ने अवस्थामा उनीहरू असुरक्षित बस्दै आएका बताए । जिल्लामा सुविधा सम्पन्न प्रहरीका भवन बन्ने क्रम रहे पनि प्रवेशद्वारमा खटिने प्रहरी मसानघाटको सत्तलमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

व्यवस्थित प्रहरी चौकी निर्माण गर्न बागलुङका १० पालिकाका साथै प्रदेश र स्थानीय सरकारसँग आर्थिक सहयोगको माग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । “प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ प्रहरी र एक जना ट्राफिक प्रहरी खुदुर्के मसानघाटमा मलामी बस्न बनाइएको भवनमा जस्ताले बारेर बस्दै आउनुभएको छ”, उनले भने ।

बागलुङ नगरपालिकाले गत वर्ष माल ढुङ्गा प्रहरी चौकी निर्माण गर्न रु १५ लाख विनियोजन गरे पनि सडक मापदण्डका कारण भवन बनाउन नसकेपछि बजेट ‘फ्रिज’ भएको थियो । जिल्लाको प्रवेशद्वारमा सुविधा सम्पन्न प्रहरी चौकी आवश्यक रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

“जिल्लाको मुख्य प्रवेशद्वारमा खटिएका प्रहरीहरूका लागि चौकी र आवास दुवैको समस्या छ, गत वर्ष भवन बनाउन बजेट विनियोजन भएकामा सडकको मापदण्ड टुङ्गो नलाग्दा समस्या भयो । चालु आवमा रु. १० लाख विनियोजन गरेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “सिमानाकाको सुरक्षामा खटिएका प्रहरी असुरक्षित भएर बस्नुपर्ने अवस्था छ । जिल्लाका अन्य पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ, प्रहरीलाई उचित व्यवस्थापन गर्न समन्वय गरी यथाशीघ्र भवन बनाउने छौँ ।”

प्रहरी चौकी माल ढुङ्गामा सूचना केन्द्र पनि राख्नु आवश्यक देखिएको जनाउँदै नगरप्रमुख श्रेष्ठले जग्गा अभावले समस्या हुनसक्ने बताए । उनका अनुसार माल ढुङ्गा र निसीखोला प्रहरी चौकी जिल्लाको सबैभन्दा दुरवस्थामा रहेका प्रहरी कार्यालय हुन् ।

  • Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-