दीपेन्द्र प्रजापति/कालो झोला ।

कार्तिक ०४ गते राती ०४:०० बजेको समयमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं. ०२ सुर्जाहाँ बस्ने वर्ष ४० को सोनालाल पण्डितको नाममा दर्ता रहेको बा. ३७ प ३४०८ नम्बरको १५० सि.सि.को निलो रंगको पल्सर ममोटरसाइकल आफ्नो घर अगाडी पार्किङ गरी राखिएको अवस्था बाट चोरी भएको सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कार्तिक १० गते राती ११:३० बजेको ५ वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित सडक खण्डमा प्रहरी चौकी सिर्सिया, पर्सा बाट खटिएको चेकिङ टोलीले चेक जाँचको क्रममा माथि उल्लेखित मोटरसाइकल फेला पारी त्यसमा सवार वीरगञ्ज महानगरपालिका वडा नं. २५ बस्ने वर्ष २४ को सुनिल कुमार पटेल संग बुझ्दा निजले उल्लेखि मोटरसाइकल चोरी गरेको खुल्न आएको हुँदा उल्लेखित मोटरसाइकल बरामद गरी निज लाई सहित पक्राउ गरी थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले मंगलबार बताएका छन् ।

त्यस्तै कार्तिक ०७ गते दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने प्रधुमन कुमार पटेलको बागमती प्रदेश ०३-००३ प ३६७८ नम्बरको २२० सि.सि.को NS पल्सर मोटरसाइकल आफ्नो घर अगाडी पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कार्तिक ११ गते ०५:३० बजेको समयमा वडा नं. २१ परवानिपुर स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको चेकिङ टोलीले चेक जाँचको क्रममा उल्लेखित मोटरसाइकल फेला पारी त्यसमा सवार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष १९ को रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष २४ को सुनिल दास थारू संग बुझ्दा निजहरूले उल्लेखित मोटरसाइकल चोरी गरेको खुल्न आएको हुँदा मोटरसाइकल बरामद गरी निजहरूलाई सहित पक्राउ गरी थप अनुसन्धान भैरहेको कुरा पनि सूचना अधिकारी गिरीले बताएका छन् ।