दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०६ जेष्ठ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्सा अन्तर्गतका विभिन्न युनिटहरु बाट खटिएका टोलिले शनिबार र आइतबार दुई दिनमा रु. १३ लाख ९३ हजार ५ सय ४० बराबरको भन्सार छलिका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह का अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंज बाट खटिएको टोलिले बीरगंज महानगरपालिका वडा नं. ०२ स्थित भकुवा ईलाका बाट रु. ६ लाख बराबरको कपडा बरामद गर्नुको साथै भन्सार मेनगेट वरपरको ईलाका बाट रु. ७ लाख ६९ हजार ८ सय १२ बराबरको भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका किराना सामान, कपडा, प्रतिबन्धित ब्रोईलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा ओसारपसारमा प्रयोग गरिएको BR 05 AC 2145 नम्बरको मोटरसाईकल र ना. २ ह २६३२ नम्बरको अटो रिक्सा समेत बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
साथै सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. भिष्वा तथा वि.ओ.पि. महादेवपट्टी बाट खटिएको टोलिले रु. २३ हजार ७ सय २८ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएका छन् ।