दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ श्रावण । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०४, बर्वाटोल स्थित अलि महम्दको घर आगँनमा सोही ठाउँ बस्ने अतुल्लाह अंसारी वीच शनिबार राति ०९:३० बजेको समयमा झै-झग्डा कुटपिट हुँदा अली महम्दको छोरा वर्ष २८ को जुमदिन अन्सारीको टाउकोमा गम्भिर चोट लाग्दा निज घाईते भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई घाइते जुमदिन अन्सारीलाई उपचारको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याइ उपचार गराउँदा निजको स्वास्थ्यमा सुधार नहुँदा थप उपचारको लागि एल. एस. न्यूरो अस्पताल, बारामा ल्याइ थप उपचारको क्रममा बुधबार विहान ०५:१५ बजेको समयमा मृत्यु भएको हुँदा मृतक लासको लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरि निजको शवलाई अभिभावकको जिम्मा लगाइएको छ ।

त्यस्तै घटनाको सम्बन्धमा अतुल्लाह अंसारी समेतलाई कानुन बमोजिम पक्राउ गरी प्रारम्भिक अनुसन्धानको क्रममा भारतको केरलामा बस्ने अतुल्लाह अन्सारीको बहिनीलाई मृतकको भाईले फोन सम्पर्क गरी भगाउने प्रयास गरेको भन्ने विषयमा विवाद भई अतुल्लाह अन्सारी समेत तिन जनाले जुमदिन अन्सारीलाई काठको चिर्पटले टाउकोमा प्रहार गरी गम्भीर घाईते भई सोही चोटको कारणले उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी वारदातमा संलग्न पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०४ बस्ने वर्ष २४ अतुल्लाह अन्सारी तथा वर्ष ४५ को बच्चाबाबु अन्सारी भन्ने वकिल अन्सारी लाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।