देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

गलेश्वर (म्याग्दी) । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ ।

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु दुई लाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिएकी छन् ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोष वृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताए ।

पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

  • Related Posts

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 51 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल