धानखेत मासेर किसानले थाले किबीखेती

बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने किबीप्रति बागलुङका किसानको आकर्षण छ। काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन्।

गत वर्ष ५०० केजी किवी बजार पठाएका उनको किवी बगैँचामा योपटक दोब्बर बढी उत्पादन भएको छ। गत वर्षदेखि उत्पादन दिन थालेको किवी वार्षिकरूपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ।

किबीको मूल्य क्रमशः घटे पनि उत्पादन बढेको कँडेलको भनाइ छ। उनीजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन्। प्रतिकेजी ३०० मा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन्।

‘सुरुमा बढी मेहनत लाग्छ। २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो। अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि खेती गर्न सकिन्छ’, उनले भने, ‘कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो। कोदो जम्मा आठ-दश मुरी मात्र फल्थ्यो पहिला त्यही बारीमा।’

बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन्। कँडेलले यो वर्ष रु तीन लाख बढीको किवी बिक्री गर्ने लक्ष्य राखेका छन्।

पछिल्लो समय बसाइसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव छ। त्यसैले पनि जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किवी बनेको छ। काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किवी फलेको बताए। उनले बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन सुझाव दिएको बताए।

‘२० क्विन्टल किवी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘एकपटक लगाउने, समय-समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किवी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुन्छ।’

उत्पादन बढेपछि ६०० रुपैयाँ पर्ने किबीको मूल्य भने घटेर ३०० प्रतिकेजीमा झरेको छ। गाउँ-गाउँमा उत्पादन भएको किवी अहिले बागलुङ बजारमा देखिन थालेको छ। केही वर्ष पहिलासम्म आयात गरेको किवी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ-गाउँमा उत्पादन भएको किवी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन्।

बागलुङ नगरपालिका-८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गरेका छन्। आफू वडाध्यक्ष हुँदा किसानलाई फलफूलखेतीमा आकर्षण गर्न आफैँले शुरु गरेको उनले बताए।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-