दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार बिहान करिब ०८:१५ बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको एउटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार विशेष सूचनाको आधारमा उक्त दिन वीरगञ्ज बाट रौतहटको गौर तर्फ गईरहेको मालबाहक ट्रकलाई यहाँ बाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक स्थित सडकखण्डमा प्रदेश २-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नमस्ते ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा करिब रू. ५६ लाख ८७ हजार ५ सय ३८ बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता गिरीले बताएका छन् ।