दीपेन्द्र प्रजापति/कालो झोला ।

नयाँ दिल्ली, ०९ पुष । सार्क पत्रकार मञ्च इण्डिया च्याप्टर र तेगबहादुर खालसा कलेजले नयाँ दिल्लीमा आयोजना हुने सार्क पत्रकार सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको छ । फोरमले जनवरी १० र ११, २०२३ मा सार्क क्षेत्रका पत्रकारहरू बीच दुई दिवसीय अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको उपस्थितिमा प्रेस क्लब अफ इन्डियामा बसेको सम्मेलन आयोजक समितिको बैठकले सम्मेलनको सम्पूर्ण कार्यक्रम र तयारीलाई अन्तिम रुप दिएको हो ।

भेटमा सार्क पत्रकार मञ्च इण्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांसु र सम्मेलन आयोजक समितिकी संयोजक स्मिता मिश्रले सम्मेलनको तयारी र कार्यक्रम बारे जानकारी गराएकी थिइन् । सार्क पत्रकार मञ्चका अन्तर्रा्ष्ट्रिय अध्यक्ष राजु लामाले सम्मेलनको सम्पूर्ण तयारी र तयारी प्रति सन्तोष व्यक्त गर्दै सम्मेलनलाई सफल बनाउन थप मिहिनेत र प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए ।

सम्मेलनको तयारीका बारेमा आयोजक समितिका सदस्य अमरेन्द्र पाण्डे, रजनीकान्त तिवारी र प्रकाश उप्रेतीले पनि आफ्नो धारणा राखेका थिए । सार्क पत्रकार मञ्च र तेगबहादुर खालसा कलेजले संयुक्त रूपमा आगामी जनवरी १० र ११, २०२३ मा नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।