विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, २५ चैत्र । नेपाल भारतमैत्री अस्पतालले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मित्रपार्कस्थित अस्पताल परिसरमा स्थानीयलाई लक्षित गर्दै शिविर आयोजना गरिएको अस्पतालका पब्लिक रिलेशन अफिसर बिएन पाठकले बताउनुभयो ।


जनरल फिजिसियन चेकजाँच, ( गाइनो)स्त्री रोग परीक्षण, न्यूरो, मनोचिकित्सा, नेफ्रो डाइलासिस, मधुमेह चेकजाँच, इ.सि.सी चेकअफ, एक्सेर निशुल्क रुपमा प्रदान गरिएको थियो । यसबाहेक अन्य सेवा लिनुपर्नेहरुको लिनुपर्नेहरुको लागि २० प्रतिशत छुट गरिएको आयोजकले जनाएको छ ।
विहान ९: ०० बजेदेखि ३:०० बजेसम्म सञ्चालित शिविरबाट विभिन्न समस्या भएको ८६ जना लाभान्वित हुनुभएको थियो ।
शिविर सम्पन्न गर्न अस्पतालका नेपाल भारतमैत्री अस्पतालका निर्देशक डा. विकास रौनियारसहित डाक्टर तथा स्वास्थ्यकर्मी,कर्मचारीहरु लगायत चावहिलमा रहेका विभिन्न सामु्दायिक प्रहरी सेवा, स्थानीय महिला, युवा संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीविलगायतले सहयोग पु¥याउनुभएको थियो ।