नेपालले कर्नाटकलाई १२१ रनले हरायो 

काठमाडौँ । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पाँचको खेलको सिरिजमा अग्रता लिएको छ।

आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २(१ को अग्रता लिएको छ। यसअघि नेपालले दोस्रो खेल जित्दा पहिलो खेलमा कर्नाटक विजयी भएको थियो।

आइतबार नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटक ४०.२ ओभरमा १६१ रनमा अलआउट भयो।

कर्नाटकका लागि ओपनिङ ब्याटर गगन रावले सबैभन्दा बढी ४६ रन जोडे। बलिङमा नेपालका नरेन साउदले ४ विकेट लिए। उनले ९।२ ओभरमा १ मेडन राख्दा २५ रन दिए।

युवराज खत्रीले ३ विकेट लिए भने अपराजित पौडेलले १ विकेट लिए।

त्यसअघि कर्नाटकले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा २८२ रन जोड्यो।

उनले नेपालका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याटर मयन यादवले ९८ बल खेलेर ६ चौका र २ छक्का प्रहार गरेर ५८ रन बनाए।

रोशन विकले नटआउट ८१ रन र उत्तम मगरले ५२ रन बनाए। रोशनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा उत्तमले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

ओपनर आकाश त्रिपाठीले २६ रन, अर्जुन कुमालले २७ र नरेन भट्टले १४ रन बनाए। दिलसाद अलि ३ रनमा आउट भए।

बलिङमा कर्नाटकका लागि ध्रुव वासु र लोहित एसले २/२ विकेट लिए। अब नेपाल र कर्नाटकबीच मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।

नेपालले एसिया कपको तयारीका लागि कर्नाटकसँग पाँच खेलको एक दिवसीय सिरिज खेलेको हो।

यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरु हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।

नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन्। नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अलि र रञ्जित कुमार छन्।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बांङ्लादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-