दीपेन्द्र प्रजापति/कालो झोला । पर्सा, १८ पौष । नेपाली काँग्रेस पर्सा द्वारा ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित चियापान कार्यक्रममा नेपाली काँग्रेसका नेता माननिय रमेश रिजालको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अजय चौरसिया, राप्रपा कि युवा नेता तथा सांसद बिना जैसवाल, काँग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव डा .शोभाकर पराजुली, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, अशोक कुमार गुप्ता, वीरगंज महानगरपालिका का कार्यपालिका सदस्य बिजय ठाकुर, नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ता, सजाद हुसैन, राहुल कुमार गुप्ता, लगायतका व्यक्तिहरुले राष्ट्रिय एकता तथा मेलमिलापको बारेमा चर्चा परिचर्चा गरेका थिए, भने कार्यक्रमको उद्घोषण नेपाली कांग्रेस पर्सा का सचिव इम्तियाज आलम ले गरेका थिए ।