आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमको मूख्य उद्देश्य पेस नेपाल प्रा. लि. द्वारा कार्यान्वयन गरिएको न्भलमभच बलम भ्लभचनथ क्ष्ललयखबतष्यल ँबअष्ष्तिथ ९न्भ्क्ष्ँ० परियोजनाको प्रगतिस्थीति र उपलब्धीहरु प्रसार गर्नु थियो । यो परियोजना न्भ्क्ष्ँ द्वारा समर्थित थियो भने ज्ष्खयक, भ्ल्भ्च्न्क्ष्ब्, भ्लमभख र ःःभ्ऋक् द्वारा वित्तिय सहयोग प्रदान गरिएको थियो । कार्यक्रमको शुरुवातमा पेस नेपाल प्रा. लि.का अध्यक्ष श्री अमरबहादुर मानन्धरले सबै सहभागीहरुलाई स्वागत गर्दै पेस नेपाल प्रा. लि. र परियोजना बारेमा संक्षिप्त प्रकाश पार्नु भएको थियो । सहभागी दुई उद्योगहरुका संचालकहरु भूमिका नेपाल ह्याण्डमेड पेपर उद्योगका संचालक श्री लालहिरा श्रेष्ठ र योना नेपाली हाते कागज उद्योगकी संचालक सुश्री टोनिशा खुलाल मगरले आयोजनाबाट प्राप्त नविन विचारहरु कार्यान्वयन गर्दा उद्योगहरुले प्राप्त गरेको नतिजा र लाभबारे जानकारी गराएका थिए । उनीहरुले आयोजनाको कामबाट पूर्ण सन्तुष्टि प्रकट गर्दै परियोजना र परियोजना टोलीलाई धन्यवाद दिनुभएका थिए ।

पेस नेपाल प्रा. लि.का निर्देशक तथा परियोजनाका टोली नेता डा. दुर्गाबहादुर कारन्जीतले परियोजनाको प्रगतिस्थिति र उपलब्धि सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । डा. कारन्जीतले परियोजनाका उद्देश्यहरुको प्रकाश पार्दै सहभागी उद्योगहरुलाई भएको आर्थिक लाभ, श्रमिकहरुको लागि सुरक्षा र स्वास्थ्य सहितको कार्यअवस्था, नव परिवर्तन गरिएको सुधारिएको चुलो एवम् सुधारिएको लोक्ता पकाउने भाँडा प्रयोग गरी इन्धनमा वचत (दाउराको खपत कम गरिएको) भएको र उद्योग नजिकको समुदायलाई प्रदुषण कमगर्न परियोजनाले कसरी सफलता हासिल गर्यो भन्ने विस्तृत रुपमा वर्णन गर्नु भएको थियो । कच्चा पदार्थ लोक्ता वा अर्गेली पकाउन प्रयोग हुने दाउरा ५० प्रतिशत भन्दा बढि र हानीकारक रसायन काष्टिक सोडा ५० प्रतिशत सम्म घटाउन उद्योगहरु सफल भएका छन् । यस परियोजनाले काठमाण्डौं उपत्यका भित्र रहेका विभिन्न नेपाली हाते कागज उद्योगहरुमा कार्यरत २० जना महिलाहरुलाई हातेकागजका सामान बनाउने १५ दिने शिप विकास तालिम र ५ दिने उद्यमशिलता विकास तालिम प्रदान गरी महिला सशक्तिकरणलाई अभिबृद्धि गर्न मद्दत गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाली हातेकागज उद्योगहरु, व्यवसायिक संघ र नेपाल सरकारका तर्पmबाट ३२ जनाको सहभागिता रहेको थियो । नेपाली हातेकागज र यस्तो कागज प्रयोग गरी बनाइएका वस्तुहरुको आन्तरिक उपभोग र निर्यातका लागि कसरी सुधार गर्ने भन्ने विषयमा सहभागीहरुले छलफल गर्नु भएको थियो । यस कार्यक्रमको अध्यक्षता नेपाल हातेकागज उद्योग संघका अध्यक्ष श्री किरणकुमार डंगोलले गर्नु भएको थियो । श्री डंगोलज्यूले नेपाली हाते कागज लोक्ता कागज भनेर अन्य कच्चापदार्थ प्रयोग नगर्न जोड दिनु भएको थियो र संघको तर्पmबाट तालिमहरु दिने र उद्योगहरुको हितको लागि आवश्यक प्रसार गरिने पनि जानकारी गराउनु भएको थियो । यस कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक श्री प्रभातकुमार सिंर्ह प्रमुख अतिथी थियो । नेपाली हातेकागजको गुणस्तरमा सुधार गर्न र उद्योगहरुलाई आवश्यक मद्दत गर्न नेपाल गुणस्तर तथा नापतौल विभाग र उपमहानिर्देशकज्यू आपूm पनि तयार रहेको र निजी क्षेत्रसँग मिलेर काम गर्न अत्यन्तै सकारात्मक रहेको समेत उल्लेख गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाली हाते कागज उद्योग संघका सचिव श्री लेटरबहादुर केसीले गर्नु भएको र अन्तमा वहाँले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।