नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

काठमाडौँ, २१ जेठ : भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिइ नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति मागेका थिए । बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि सञ्चालनमा थिए । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो । त्यस्तै एनसिएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको थियो । प्राप्ति प्रक्रिया सकिएसँगै दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरिएको छ । विसं २०६५ पुसमा स्थापना भएको एनसिएचएलले एनसिएचएल–इसीसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । हाल एनसिएचएलले एनपिएसअन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दाबढी बैंक वित्तीय संस्था र एक सयभन्दा बढी अन्य संस्था/निकायले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएका थिए । त्यसैगरी विसं २०६९ फागुनमा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रिकृतरुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गर्दै आएको थियो । नेप्सअन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाको एक हजार छ सयभन्दा धेरै एटिएम, नौ हजारभन्दा बढी पिओएसमार्फत सेवा र इकमर्स कारोबारको सेवा उपलब्ध गराउँदै आएको थियो ।

  • Related Posts

    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती मृत फेला परेका छन्। स्थानीय ६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती वर्ष ५६ की अम्बिका भण्डारी…

    विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

    काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो। शुक्रबार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    चीनबाट ६५ अर्बको सामान आयात

    • July 27, 2024
    • 7 views
    चीनबाट ६५ अर्बको सामान आयात

    यसरी जोगिन सकिन्छ डेँगुबाट

    • July 27, 2024
    • 8 views
    यसरी जोगिन सकिन्छ डेँगुबाट

    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    • July 27, 2024
    • 9 views
    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    • July 27, 2024
    • 8 views
    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    • July 26, 2024
    • 11 views
    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ

    • July 26, 2024
    • 10 views
    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ