नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित

काठमाडौँ । नेपाल एएफसी यु-१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा जापानसँग ९-२ गोलले पराजित भएको छ ।

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जीत दर्ता गरेको हो ।

नेपालले खेलको १२ औँ मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो । सुवास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल गरे । तर, जापानले छिट्टै पुनरागमन गर्दै १७ औं मिनेटमा दाइची तानीको गोलबाट खेल बराबरीमा ल्यायो। तानीले ३८ औं र ४३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जापानका लागि हिरोता असादाले पनि १९ औं मिनेटमा गोल गर्दै अग्रता बढाए र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दै जापानलाई ५–१ को अग्रता दिलाए । दोस्रो हाफमा जापानले आफ्नो दबाब झनै बढायो, जहाँ तानीले ६१ औं मिनेटमा चौथो गोल गरे र असादाले ६४ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

७३ औं मिनेटमा मिबुकी कासाइले अर्को गोल थपे भने कैजी चोनानले ७७ औं मिनेटमा गोल गर्दै जापानको गोलसंख्या ९ बनाए । नेपालका तर्फबाट बिग्यान खड्काले ८८ औं मिनेटमा अर्को गोल गरे तर त्यो मात्र सान्त्वना गोलमा सीमित रह्यो ।

यो जीतसँगै जापानले समूह ‘एफ’मा आफ्नो तीन अंक सुनिश्चित गरेको छ। नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने जापानले मंगोलियासँग खेल्नेछ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-