
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज ०३ माघ । तालुक नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्सा (हाल-जनकपुरधाम धनुषा) का कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग को नेतृत्वमा रहेको निरीक्षण टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जको अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छान विन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा तथा नागरिक सहायता कक्ष समेतको निरीक्षण गर्नु भई सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था, CAP निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंग बाट कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

सोही क्रममा उहाँले कर्मचारीहरु द्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवर बाट प्रवाह गर्न यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भई निरीक्षण एवम् निर्देशन समेत दिनुभएको कुरा पर्सा का प्रहरी उपरिक्षक कुमोध ढुंगेल ले बताएका छन् ।