दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ कार्तिक । वडा प्रहरी कार्यालय, विर्तामा यस वडा कार्यालय अन्तर्गतका सिमानाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षा साथै  स्थानिय स्तरमा दुवै देशका प्रहरीहरु बीच सहयोग आदान-प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा पर्साको वीरगंज महानगरको मुख्य सिमा प्रहरी कार्यालयहरु र भारत विहार राज्य, रक्सौल सिमाका प्रहरी कार्यालयका प्रतिनिधिहरु विच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त छलफल कार्यक्रममा वडा प्रहरी कार्यालय, विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा मातहतका सिमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत विहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट  सब डिभिजनल पुलिस अधिकारी, रक्सौल का सहायक प्रहरी उपरीक्षक श्री चन्द्र प्रकाश (IPS) को नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलही र हरैया थानाका थाना प्रभारीहरुको सहभागिता रहेको कुरा प्रहरी निरीक्षक मल्लले बताएका छन् ।