नेपाल र हङकङबीचको खेल स्थगित, राखेपले रंगशाला नदिएको एन्फाको आरोप

नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ ।

एन्फाले भनेको छ- ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ ।’

यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।

  • Related Posts

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    पहिलो

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 59 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 8 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल